काठमाडौं ।। नेपाल भ्रमण वर्ष २०२० सफल पार्न सरकारले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) सँग १७ बुँदे सम्झौता गरेको छ । पर्यटन वर्षमा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य छ । ८१ देशमा सञ्जाल रहेको एनआरएनएमा ७० हजार सदस्य छन् । सम्झौताअनुसार विश्वरभरमा रहेका नेपालीले एक विदेशी साथी नेपाल भ्रमणमा अनिवार्य पठाउनुपर्नेछ । सबैभन्दा बढी विदेशी साथी नेपाल पठाउने व्यक्ति वा संघ संस्थालाई नेपाल सरकारले सम्मान गर्ने छ । यसबाट पर्यटन वर्ष सफल पार्न सजिलो हुने गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले बताउनुभयो । सङ्घमा आवद्ध एक जनाले मात्रै एक जना साथी नेपाल पठाउने हो भने ७० लाख व्यक्ति नेपाल आउने नेपाल भ्रमण वर्ष २०२० का राष्ट्रिय कार्यक्रम संयोजक सुरज वैद्यले बताउनुभयो । २० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न भौतिक संरचना, प्रचारप्रसार लगायतका पूर्व तयारी प्रभावकारी नभएको गुनासो सरोकारवाला निकायका प्रतिनिधिले गर्ने गरेका छन् । एनआरएनएसँगको सहकार्यपछि पर्यटन वर्ष सफल पार्न सजिलो हुने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराइको भनाइ छ । विश्वभरि रहेका ५० लाखभन्दा बढी गैर आवासीय नेपालीमध्ये सबैभन्दा बढी नेपालीको सङ्ख्या अमेरिका, युरोप, अस्ष्टे«लिया, बेलायतमा र बाँकी खाडी मुलुकमा छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here