रौतहट ।। रौतहट निर्वाचन क्षेत्र नम्बर २ ख मा प्रदेश २ सरकारका पहिलो मुख्य मन्त्री महमद लालबाबू राउत गद्दीको भव्य र ऐतिहासिक स्वागतको तयारी तीव्र रुपमा भैरहेको छ ।
कार्तिक ३ गते बौधिमाई नगरपालिका अन्तर्गत बंकुलमा आयोजना गरिने तिहार छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान तथा बेटी बचाऊ बेटी पढ़ाउ अभियान अन्तर्गत साइकल वितरण कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी हुन आउने मुख्यमंत्री राउतको भव्य स्वागतको तयारी शुरू गरिएको हो ।
निर्वाचन क्षेत्र नम्बर २ ख का प्रदेश सदस्य राम किशोर यादवको सक्रियतामा भव्य स्वागतको तयारी भैरहेको पार्टीका पूर्व जिल्ला उपाध्यक्ष श्याम विहारी यादवले बताएका छन । मुख्यमंत्री राउतको ाहिले सम्मको ऐतिहासिक स्वागत हुने यादवले दावी गरेका छन ।
पटक पटक रौतहट आउनु भएका मुख्यमंत्री राउतले न्यून संख्यामा सहभागी राहुको माझ सम्वोधन गरेकाले कार्तिक तीन गते हजारौको संख्यामा सहभागी हुने पार्टी कार्यकर्त्ताको सम्वोधन गर्ने तयारी रहेको उनले जनाए । स्रोतका अनुसार मुख्य मन्त्री राउतको स्वागतमा चन्द्रनिगाहपुर देखि कार्यक्रम योजना स्थल सम्म सयौको संख्यामा मोटर साइकलले युवा दस्ता रहने तथा बढ़ी संख्यामा गाडी हुने तयारी गरिएको छ ।
गौर चन्द्रनिगाहपुर सड़क खण्ड देखि कार्यक्रम स्थल तथा विधायक यादवको निजी निवास इनरवारी गाउ सम्म ठाउ ठाउमा स्वागत गेट बनाउने योजना रहेको बुझिएको छ । प्रदेश सांसद यादवले भव्य रुपमा मुख्यमंत्रीको स्वागत गरिने तयारी रहेको बताएको छ ।
त्यारीको लागि पार्टीका कार्यकर्त्ताहरु दिन रात खटिरहेको बताउँदै सांसद यादवले निर्वाचन क्षेत्रका सवै स्थानीय तह , वड़ा स्तरीय , नगर स्तरीय कमिटी सक्रीय पारिएको जनाए ।
Home प्रदेश समाचार मधेश प्रदेश रौतहट निर्वाचन क्षेत्र २ मा मुख्य मन्त्री राउतको भव्य स्वागतको तयारी तीव्र
रौतहट निर्वाचन क्षेत्र २ मा मुख्य मन्त्री राउतको भव्य स्वागतको तयारी तीव्र
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।