काठमाडाैं ।। प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपालीहरुलाई सकेसम्म स्वदेशमै लगानी गर्न आग्रह गर्नुभएको छ । उहाँले आफ्नो सीप र क्षमताको उपयोग गर्न, नभए विदेशबाटै गैरआवासीय नेपालीका रुपमा स्वदेशको विकासका लागि विविध क्षेत्रबाट योगदान गर्न आह्वान समेत गर्नुभयो । हालै सम्पन्न गैरआवासीय नेपाली संघको नवौँ अन्तर्राष्टिकय सम्मेलननबाट निर्वाचित पदाधिकारीलाई हिजो बालुवाटारमा आमन्त्रण गरी बधाई–शुभकामना दिँदै उहाँले देशमा यसअघिभन्दा बढी भ्रष्टाचारका विरुद्धमा कारवाही चलिरहेको बताउनुभयो । गैरआवासीय नेपालीहरुले नेपालमा सामाजिक जागरण फैलाउन र समाजलाई नै उधमशीलतार्फ द्रूत गतिका साथ अघि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने विश्वास आफूलाई भएको बताउनुभयो । बाहिर गएकाहरुबाट देशभित्र प्रविधि हस्तान्तरण हुन सकोस, यहाँका नेपालीहरुलाई तालिम दिन सरकार गैरआवासीय नेपालीहरुको संघसँग सहकार्य गर्न सरकार तत्पर रहेको उहाँको भनाइ छ ।
गैरआवासीय नेपालीहरुलाई स्वदेशमै लगानी गर्न प्रधानमन्त्री ओलीकाे आग्रह
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।