मुस्ताङ ।। पर्यटकीय मौसम शुरु भएसंगै हिमालपारीको जिल्ला मुस्ताङमा दैनिक ३ हजार पर्यटक पुग्ने गरेका छन् । मुस्ताङको कागबेनी, छुसाङ हुँदै पैदल र गाडीमा आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका हुन् । मुस्ताङमा २ सय ८० ओटा होटल भरिभराउ छन् भने होमस्टे सञ्चालकहरु पनि खुसी भएको ठिनी होमस्टेका सञ्चालक जुमा थकालीले सीआईएनसँग बताउनुभयो । यातायातको सुविधा, अनुकूल मौसमका कारण यो समयमा पर्यटक मुस्ताङ घुम्न पुग्छन् । मुस्ताङमा पर्यटक बढ्दै गएपछि होटल व्यवसाय पनि फस्टाएको एकजना होटल व्यवसायी सुरज गुरुङले बताउनुभयो । मुक्तिनाथ मन्दिर, लोमान्थाङ, तल्लो मुस्ताङस्थित थासाङ गाउँपालिकाको लेते, कागबेनी, सेकोङ, भुछर, टिटीलगायत ताल, गुरुसाङ्बो गुफा, ठिनी, ढुम्बा ताल, दामोदर कुण्डमा पर्यटकको सङ्ख्या धेरै देखिने गरेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here