धनकुटा ।। सरकारले लिएको दिगो विकास लक्ष्यको अवधारणा अनुसार अबको ११ बर्षमा ९९ प्रतिशत उपभोक्तामा सुरक्षित खानेपानीको न्यायोचित पहुँच स्थापित गर्नुपर्ने छ । तर प्रदेश नम्बर एकको पहाडी जिल्लाका १५ प्रतिशत उपभोक्ता अझै पनि खानेपानीको आधारभूत पहुँचबाटै बञ्चित छन् । धनकुटाको तेलिया र कुरुलेमा गाउँमा बस्ने परिवार अत्यन्तै कम छ । १० बर्षयता गाउँबाट बसाइ सरेर शहर जानेहरु बढे । कारण हो, पानीको अभाव । गाउँमा पानीको यतिसम्म अभाव भयो कि जीवन चलाउन मुस्किल भएपछि स्थानीय गाउँ छोडेर अन्तै सरे । धनकुटा, तेह्रथुम, भोजपुर र संखुवासभामा ठूलासाना गरि दुईसय ५४ वटा खानेपानी आयोजना सञ्चालनमा छन् । त्यसमध्ये ४० प्रतिशत आयोजना मर्मत गर्नुपर्ने अवस्थामा छन् । दुरुस्त भएका भनिएका आयोजनाबाट पनि उपभोक्ताले स्वच्छ र पर्याप्त पानी पिउन पाएका छैनन् । धनकुटा ९ बेलहराका उपभोक्ता दामोदर सुवेदी यसतर्फ स्थानीय सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुहुन्छ । पूर्वी पहाडी जिल्लाका १५ प्रतिशत उपभोक्ता खानेपानीको आधारभूत सुविधाबाटै बञ्चित छन् । तर सरकारले सबैमा पिउने पानीको पहुँच पुगेको दाबी गरिरहेको छ । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय धनकुटाका प्रमुख विकास काफ्ले खानेपानीको सुबिधाबाट बञ्चित १५ प्रतिशत नागरिक को हुन् भन्ने पहिचानसम्म गर्न नसकिएको बताउनुहुन्छ । मौलिक हकको रुपमा स्थापित आधारभूत खानेपानीको सुबिधाबाट नागरिकहरु बञ्चित छन् । नागरिकमा खानेपानीको सहज पहुँच स्थापित गर्न तीनै तहका सरकार संवेदनशिल हुन जरुरी छ ।
Home प्रदेश समाचार प्रदेश न. १ पहाडी जिल्लाका १५ प्रतिशत उपभोक्ता खानेपानीको आधारभूत पहुँचबाटै बञ्चित
पहाडी जिल्लाका १५ प्रतिशत उपभोक्ता खानेपानीको आधारभूत पहुँचबाटै बञ्चित
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।