विरगञ्ज ।। राष्ट्रिय जनता पार्टी नेपालका सासंदले जनकपुर विमानस्थलको काउनटर तोडफोड गरेको आरोपमा पक्राउ परेका सासंद प्रमोदकुमार सहको रिहाईको माग गर्दै विरगञ्जमा प्रदर्शन गरिएको छ ।
राजपा नेपालले साहको रिहाईको माग गर्दै राजपा नेपालको अगुवाईमा सयौंको संख्यामा रहेका नेता तथा कार्यक्रताहरुको सहभागितामा विरगञ्जको आर्दशनगरमा रहेको बुद्ध एयरको कार्यालय अगाडि टायर बालेर बिरोध प्रर्दशन गरेका छन् । यता राजपा नेपनलले जनकपुर स्थित रामानन्द चौकमा सासंद साहको रिहाइृको माग गर्दै पुर्व पश्चिम राजमार्ग आवरुद्ध गर्दै प्रर्दशन गरेका थिए ।
जनकपुर बुद्ध एयरको कार्यालयमा तालाबन्दी गर्ने राजपा नेपालको प्रयास असफल भएको छ । बुद्ध एयरको तालाबन्दी गर्न राजपा नेपालका केही नेताहरु बुद्ध एयरको टिकट बिक्री कक्ष कार्यालयको मूल गेटमा बसेर धर्ना दिरहेका छन् । मंगलवार प्रतिनिधिसभा सदस्य प्रमोदकुमार साहलाई जनकपुर विमानस्थलमा रहेको बुद्ध एयरको काउन्टरमा तोडफोड गरेपछि प्रहरीले पक्राउ गरेका थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here