जनकपुरधाम ।। राजपा सांसद प्रमोद साहलाई जिल्ला अदालत धनुषाले चार दिनको म्याद थप गरेको छ ।
जनकपुर विमानस्थलमा बुद्ध एयरको काउण्टरमा तोडफोड गरेको आरोपमा पक्राउ परेका राजपा सांसद साहलाई बुधवार धनुषा जिल्ला अदालतमा पेस गरिएको हो ।
काठमाडौं स्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट मंगलबार पक्राउ परेका थिए ।सर्लाही क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद साह प्लेन ढिलो हुँदा जनकपुर विमानस्थलमा रहेको बुद्ध एयरको काउण्टरमा तोडफोड गरेका थिए ।
सांसद साहमाथि मंगलबार नागरिक उड्डयन प्राधिकरणले गैर सैनिक हवाई उडान ऐन २०१५ अन्तर्गत जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गराएको छ । यता, सांसद साहको रिहाईको माग गर्दै, राजपाका नेता कार्यकर्ताहरुले मधेशका विभिन्न जिल्लामा आन्दोलन चर्काएका छन् । राजपाका कार्यकर्ताहरुले जनकपुर विमानस्थल स्थित बुद्ध एयरको कार्यालयमा समेत तालाबन्दीसमेत गरेका छन् ।
सांसद प्रमोद साहलाई ४ दिनको म्याद थप, मधेशीका जिल्लामा आन्दोलन
राजपाका नेता कार्यकर्ताहरुले सांसद साहको रिहाईको माग गर्दै मधेशका विभिन्न जिल्लामा आन्दोलन चर्काएका छन् ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।