जनकपुरधाम ।। राष्ट्रीय जनता पार्टीका सांसद प्रमोद साहको पक्राउविरुद्ध जनकपुर तनावग्रस्त बनेको छ ।
जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काण्टर तोडफोडको आरोपमा पक्राउ परेका सांसद साह, विमानस्थलमा विरामीको अवस्था हेर्न नसकेर आक्रोशमा आएर तोडफोडमा गरेका सांसद साहको रिहाईको माग गर्दै राजपाले आन्दोलन सुरु गरेको हो । उनको पक्राउको विरोधमा जनकपुरसहित विभिन्न जिल्ला प्रदर्शन भईरहेको छ ।
बुधबार विहानै देखि राजपा नेपालका नेता कार्यकर्ताले जनकपुरको रामानन्द चोक सहित विभिन्न चौकमा टायर बालेर चक्काजाम गरेका छन् । प्रदर्शनकारी र प्रहरी विच झडप समेत भएको स्थानियहरुले बताएका छन् । जनकपुरको अवस्था अहिले तनावपूर्ण बनेको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।