काठमाडौ ।। एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई भेट्न कीर्तिपुर अस्पतालमा क्रिकेटर पारस खड्का पुगेका छन् ।
क्रिकेटर पारसले उनको मुहारमा सधै मुस्कुराइरहने हिम्मत मिलोस भनि भगवानसँग प्राथना गर्नुभयो । उपचाररत कीर्तिपुर अस्पतालमा मुस्कानलाई भेट्न पारससँगै नेपाली क्रिकेट टीमका प्रशिक्षक उमेश पटवाल, अर्का खेलाडी सोमपाल कामी, अविनाश बोहरा मुस्कानलाई भेट्न अस्पताल पुगेका थिए ।
यो अपराधमा संलग्न व्यक्तिलाई कडा भन्दा कडा कारबाही हुनुपर्ने माग गरेका छन् ।
यस अघि महानायक राजेश हमालले उपचाररत कीर्तिपुर अस्पतालमा पिडित मुसकानलाई भेट्न पुगेका थिए । अस्पतालमा मुस्कानको अवस्था देखेर हमाल भावुक बनेका थिए । हमललाई देखेर मुस्कान खुशी भए । उनलाई छिट्टै घर फर्किन मुस्कानलाई महानायक हमालले आश्वाशन दिएका थिए ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।