पोखरा ।। पोखरामा आज अन्तराष्ट्रिय क्रसकन्ट्री दौड प्रतियोगिता हुँदैछ । पोखरा उद्योग वाणिज्य सघं, पश्चिमाञ्चल होटल सघं तथा चीनको कुन्मिन माउण्टेनियरिङ एण्ड एक्पोरेशन एशोसिएसन (केएमइए) को संयुक्त आयोजनामा हुने यो प्रतियोगीता हुन लागेको हो ।
टिम इभेन्टमा नेपाल र चीनका गरी २७ टोलीको सहभागिता रहने प्रतियोगिता संयोजक विश्वशङ्कर पालिखेले जानकारी दिनुभयो । व्यक्तिगत प्रतिष्पर्धामा भने चीनका ३० धावकको सहभागिता रहने छ भने टिम इभेन्टका लागि प्रत्येक टोलीमा तीन खेलाडी रहनेछन् ।
एक सय पाँच खेलाडीको सहभागिता रहने प्रतियोगिताका लागि पोखरा महानगरपालिका र चीनको कुन्मिङ महानगरपालिकाले संरक्षकत्व प्रदान गरेका छन् भने विभिन्न सङ्घसंस्थाले सहकार्य गरेका छन् । दौड पोखराको पर्यटकीय क्षेत्र बैदामको बाराही चोकबाट आज विहान ९ बजे शुरू हुनेछ । दौडको दूरी २२ किलोमिटर, साइक्लिङ १९ किमी र फेवातालमा एक दशमलव दुई किमी ‘बोटिङ’ रहेको प्रतियोगिताका प्राविधिक संयोजक यामबहादुर गुरुङले जानकारी दिनुभयो ।
नेपाल भ्रमण वर्ष २०२० तथा सन् २०२२ मा गण्डकीमा २० लाख पर्यटक ल्याउने सरकारी योजनालाई सफल बनाउन प्रतियोगिताले मद्दत पु¥याउने र पर्यटकको बसाइँ लम्ब्याउन सहयोगी हुने आयोजकहरुको भनाई छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here