।। सिरियाली कुर्द लडाकूहरू विरुद्धको आफ्नो घातक आक्रमणलाई अन्त्य गर्न माग गर्दै संयुक्तराज्य अमेरिकाले टर्कीमाथि आर्थिक प्रतिबन्धहरु लगाएको छ । उत्तरपूर्वी सिरियाबाट अमेरिकी सेना फर्काउने संयुक्तराज्य अमेरिकी निर्णयपछि टर्कीले हवाई र स्थलगत आक्रमण सुरु गरेको थियो । उत्तरपूर्वी सिरियाको कुर्दिस लडाकूको नियन्त्रणमा रहेको यस इलाकाबाट राष्ट्रपति डोनाल्ड ट्रम्पले आधिकारिकरूपमा अमेरिकी सहयोग रोकेर असाधारण कदम चालेको भन्दै आलोचना भइरहेको छ । राष्ट्रपति ट्रम्पका रिपब्लिकन सांसदहरूले समेत ‘इस्लामिक स्टेट’ समूहविरुद्ध लड्न अग्रसर भएका कुर्दहरूलाई मझधारमा छाडेको आरोप लगाएका छन् । टर्कीसँग छलफल गर्न अमेरिकी उपराष्ट्रपति माइक पेन्स अंकारा जान लागेका छन् । अमेरिकाले टर्कीका दुईओटा मन्त्रालय र तीन वरिष्ठ अधिकारीहरूमाथि प्रतिबन्ध लगाएको छ । अमेरिकाले स्टीलमा कर बढाउने र व्यापार सम्झौतासम्बन्धी वार्ताहरूसमेत रोकेको जनाएको छ ।
अमेरिकाद्वारा टर्कीमाथि आर्थिक प्रतिबन्धको घोषणा
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।