राैतहट ।। पुर्वमन्त्री तथा रौतहट क्षेत्र नम्बर २ बाट निर्वाचित मो. अफताब आलम सांसद पदबाट निल्मबनमा परेको छ । सोमबार सचिवालयले सूचना जारी गर्दै आलम निल्मबनमा परेको जानकारी दिएको हो । २०६४ साल चैत २७ गते भएको बमविसफोटमा संलगन भएको अभियोगमा आलमलाई आईतबार बिहान प्रहरीले पक्राउ गरेको थियो । उक्त बम विस्फोटबाट मारिएकाहरु मध्ये दुईजना परिवारले आलम विरुद्ध जोहरी दिएका थिए । सर्वोच अदालतले पक्राउ गर्न आदेश दिएपछि आलमलाई पक्रउ गरिएको प्रहरीले जनाएको छ ।





