गौर ।। नेपाली काग्रेस रौतहटका सभापति कृष्ण यादबले, बिना कारण आफना नेता पक्राउ गरेको भन्दै आक्रोशित व्यक्त गर्नु भएको छ ।
पुर्व मन्त्री अफताव आलमलाई नेपाल प्रहरीले आज आईतवार विहान करिव ११ बजे पक्राउ गरि थुनामा राखेको भन्दै सभापती यादवले, पत्रकार सम्मेलन गर्दै अदालतमा बिचाराधिन मुद्धा लाई उल्टाउदै पुर्ब मंन्त्रि आलमलाई पक्राउ गर्नु दुखद कुरा रहेको बताउनु भयो ।
नेपाली काग्रेसले रौतहटबाटै जहानिया राणा शासन ढालेको ईतिहासको स्मरण गराउदै पार्टी सभापति यादबले, पक्राउ गरेका आफना नेतालाई विनासर्त नछाडे शान्ती देखि क्रान्ति सम्मको आन्दोलन गर्ने चेताबनी दिनु भएको छ ।
नेपाली कांग्रेसबाट रौतहट क्षेत्र नं. २ बाट निर्वाचीत प्रतिनिधि सभा सदस्य एबम पुर्व मन्त्री मोहम्मद आफताब आलमलाई प्रहरीले पहिलो संबिधान सभाको अघिल्लो दिन ०६४ चैत्र २७ गते तत्कालिन राजपुर फरहदवा गाबिस–४ स्थित आफनै गोठमा बम बनाउने क्रममा बिस्फोट हुदा तीन जना भन्दा बढिको मृत्यु भएको जाहेरीको आधारमा १२ बर्ष पछि रौतहट प्रहरीले पक्राउ गरेको हो ।
नेपाली काग्रेसका केन्द्रिय सदस्य एवंम दुई पटक रौतहट पार्टी सभापति हुदै मोहम्म्द अफताब आलम, काका शेष ईद्रिसको मृत्यु पछि राज्य सतामा रहेका नेपाली काग्रेसबाट ०५४ सालको प्रतिनिधि सभा उपनिर्बाचन, ०५६ को प्रतिनिधि सभाको आबधिक निर्बाचन, ०६४ सालको संबिधान सभा सदस्य, ०७४ सालको प्रतिनिधि सभा सदस्यमा निर्बाचित भएका थिए ।
आफनो घर राजपुरबाट गौर जादै गर्दा उनलाई प्रहरीले शेष ईद्रीस गेट नजिक बाट पक्राउ गरेको प्रहरीले बताएको छ । रौतहट प्रहरी उपरिक्षक भुपेन्द्र खत्रीले अनुसन्धानको लागि प्रतिनिधि सभा सदस्य मोहम्मद अफताब आलम लाई नियन्त्रणमा लिएको बताए ।
यस्तै मोहम्मद अफताब आलमका समर्थकहरुले, आफना नेतालाई विनाकारण पक्राउ भन्दै केही वेर गौर बजार अशान्त भएको छ । समर्थक र प्रहरी विच समान्य रुपमा झडप र नाराबाजी गरेको थिए । अहिले गौरको अवस्था समान्य रहेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here