जुम्ला ।। जुम्लामा एथ्लेटिक्स खेलसँग आवद्ध खेलाडीले फापर खेती गरेका छन् । दुइ हजार पाँच सय वर्गमिटर क्षेत्रफलमा खेलाडीले फापर खती गरेका हुन् । खेलाडीको खर्च व्यवस्थापनमा विभिन्न उपाय अवलम्वन गर्ने क्रममा फापरखेती गरिएको धावक हरीबहादुर रोकायाले बताउनुभयो । फापरखेती गर्दा खेलाडीको खर्च ब्यवस्थापन पनि हुनुका साथै पोषण खानेकुराको परिपुर्ति गर्नको लागि खेती गरेको उहाँको भनाइ छ । कर्णाली खेलकुद क्लब मार्फत उनिहरु फापर खेतीमा खेलाडी लागेका हुन् । राष्ट्रिय तथा अन्तर्राष्ट्यि प्रतियोगितामा खेल्न जान निकै कठिन हुने गरेकाले अब फापर बेचेर भएपनि खेलाडी पठाउन सकिने अवस्था रहेको धावक रोकायले बताउनुभयो । खेल र कृषि क्षेत्रसँगसँगै अगाडी बढाउँदा खेलाडीको बाँच्ने आधार तय हुने भएकाले फापर खेती गरेको उहाँको भनाइ छ । गाउँमा लोप हुन थालेको तिते फापर लगाइएको छ । फापर प्रति केजी ८० रुपैयाँमा विक्रि वितरण हुन्छ । फापरको पिठो प्रतिकेजी एक सय ५० रुपैयाँ पर्छ । खेलकुद क्लवको आम्दानी पनि राम्रो हुने भएकोले फापरखेती गरेको कर्णाली खेलकुद क्लवका अध्यक्ष सरोज शाहीले बताउनुभयो । खेलाडीलाई उत्पादनसंग नजोड्दा खर्च व्यवस्थापनमा समस्या भएको भन्दै उहाँले उत्पादनलाई ध्यान दिदै खेल क्षेत्रलाई जोड दिने मनसायका साथ अघि बढ्न थालेको बताउनुभयो । हरेक दिन अभ्यास गर्ने खेलाडीले पोषिलो खाना र खाजाँ नपाउँदा कमजोर हुने भएकाले जुम्लामा पहिलो पटक सेरा ज्युलोमा फापर खेती गरेको शाहीको भनाइ छ । सेरा ज्युलोमा फापर मात्र नभएर खेलाडीले त्यो ठाउँमा गाँजर, सिमी, हरियो सागपात समेत लगाएका छन् ।
खेलाडीद्धारा जुम्लामा फापर खेती
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।