रौतहट ।। रौतहट जिल्लाको ईशनाथ नगरपालिका अंतर्गतको सीमावर्ती क्षेत्रमा अज्ञात समूहले गोली प्रहार गरी एक युवकको हत्या गरेको छ ।
ईशनाथ नगरपालिकाको वड़ा नम्बर ६ घिउरा देखि जयनगर जाने बाटोको क्रान्ति प्राथमिक विद्यालय नजिक बाटोमा गोली हानि हत्या गरिएको हो । भारतबाट तीन जना चढेर आएको मोटर साइकल सड़कमा रोकर उक्त युवकलाइ गोली हानेर पुनः भारत तीर भागेको स्थानीयहरुले बताएका छन ।
घटना स्थलमा पुगेका प्रहरी निरीक्षक पपु नायकका अनुसार हत्या गरिएको अन्दाजी २५ वर्षीय युवक भारतीय नागरिक भएको अनुमान रहेको जनाएका छन । युवकको एउटा गोली कन्चट र एक राउण्ड गालामा गोली हानेर हत्या गरेको देखिएको उनले बताए ।
पहिचान खुलने गरी कुनै कागजात फेला नपरेको बताउँदै प्रहरी निरीक्षक नायकले हत्या गर्न प्रयोग गरिएको १ थान गोलिको खोका बरामद भएको जनाए । घटना आइतवार बेलुकी करीव ४ बजेको समयमा भएको हो । घटनामा संलग्न रहेको व्यक्तिको खोजी कार्य शुरू गरिएको प्रहरीले जनाएको छ ।
रौतहटमा गोली हानि एक युवकको हत्या
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।