जनकपुर ।। जनकपुर उपमहानगरपालिकाको कार्यलयमा सूचना माग्न गएका एक जना स्थानिय मेयरकै अगाडि वडा अध्यक्षबाट कुटिएका छन् ।
सूचना मग्न गएका जनकपुर उपमहानगरपलिका १८ का रामबाबु मण्डल मेयर लालकिशोर साहकै अगाडि वडा अध्यक्ष रामशंकर पासवानबाट कुटिएका छन् । गत असोज १३ गते दिउँसो ३ बजे वडा नं. १८ का वडा अध्यक्ष पासवान मेयरकै अगाडि कुटेको मण्डल दुख व्यक्त गर्नुभएको छ ।
वडामा भएको विकास निर्माणको काममा अनियमितता भएको शंका लागेपछि मण्डल र स्थानीय तपेश्वर ठाकुरले संयुक्त रुपमा सूचना मागको निवेदन लिएर उपमहानगरपालिका कार्यालयमा गएका थिए ।
कर्मचारी सूचना मागको निवेदन मेयर साहलाई नै दिन भनेपछि मण्डल सहित ठाकुर मेयरको कार्यकक्षमा पुगनु भयो । त्यहा मेयरको कार्यकक्षमा पुगदा वडा अध्यक्ष पासवान पनि त्यहि बसेको थिए । मेयरले भने के को सुचना माग्न आउनु भएको छ पढेर सुनाउनु त भन्दै मण्डलले निवेदन पढेर सुनाउदै गर्दा वडा अध्यक्ष दुवैजना माथी खनिएका थिए । सोही क्रममा वडा अधयक्ष पासवानले उनीहरु मथी हातपात गरेका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here