जनकपुर ।। राष्ट्रिय जनता पार्टी नेपालका एक सासंदले बुद्ध एयरको काउनटर तोडफोड गरेका छन् । फलाईट डिले भएको भन्दै सर्लाहीको निर्वाचन क्षेत्र नम्बर–१ बाट निर्वाचित सासंद प्रमोद कुमार साहले जनकपुर विमानस्थलमा तोडफोड गरेका छन् । बिहान ११ः४० बजेको बुद्ध एयरको जहाज दिउँससोे डेढ बजे सम्म पनि नआउँदा एकजना विरामीलाई समस्या बढेपछि काउण्टमा तोफोड गरेको सासंद साहले स्वीकार गर्नुभएको छ । जनकपुर उपमहानगरपलिका ४ बस्ने ६५ वर्षीय सौखीलाल चौधरीलाई किडनिको विमारी थियो । सासंद साहले भने , उनलाई दिउँसो २ बजे सम्म चिकित्स कहाँ पुगेर चेक गराउनु थियो । तर विमान आउन निकै ढिलो भइरहेको थियो । त्यही आवेगमा आएपछि मैले तोडफोड गरे । बुद्ध एयरको कण्टर तोडफोड भएपछि सासंद साहलाई बुद्ध एयरका व्यस्थापन पक्षले विमानमै प्रवेश र्गन रोक लगाएका थिए । बुद्ध एयरका व्यवस्थापक प्रमुख विजयकुमार सिंहका अनुसार काठमाडौ विमानस्थलकै प्राविधिक समस्याका कारणले विमान ढिलो भएको थियो । हामीले यो बारेमा यात्रुहरुलाई जानकारी गराएका थियौँ । पछि गएर जिल्ला अधिकारीको पहलमा सासंद यादव काठमाडौ उडेका थिए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here