काठमान्डु।। प्रदेश २ का दुई ठूला मधेस केन्द्रित दल राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी बीचको एकता चाँडै टुङ्गिने नेताहरूले दावी गरेका छन् । झन्डै १० महिनादेखि पार्टी एकीकरणको चर्चा चलेको यी दुई दलबीचको एकताको विषय सहमति नजिक पुगेको दावी गरिए पनि ठोस प्रस्तावमा भने छलफल भएको छैन ।

पार्टी एकिकरण प्रक्रिया अघि बढाउन दुवै दलले समिति नै गठन गरे पनि समाजवादीलाई सत्ता छोड्न भन्दै पार्टी एकीकरणको लागि आनाकानी गरेको थियो । तर, अहिले एकीकरणकै बेला एकातर्फ एकीकरण पत्रमा हस्ताक्षर गर्ने र अर्कोतर्फ सत्ता छोड्नेमा सहमति गरेको समाजदावी पार्टीले जनाएको छ ।
पार्टीका केन्द्रीय सदस्य उमाशंकर अरगरियाले सीआईएनसँग कुराकानी गर्दै कुनै ठोस प्रस्ताव नआएको बताउनुभयो । राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले सीआईएनसँग कुराकानी गर्दै पार्टी एकिकरणका लागि राजपा सकारात्मक रहेको तर, महाधिवेशनपछि मात्रै कुरा टुङ्गिने बताउनुभयो । संविधान संशोधनको मुख्य मागसहित चुनाव जितेका यी दुई ठूला मधेशवादी दलबीच एकता भयो भने प्रदेशमा पहिलो र समग्रमा नेकपापछिको दोस्रो ठूलो दल बन्नेछ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here