नवलपरासी पश्चिम ।। नवलपरासी पश्चिम सुस्ता गाउपालिकाको वडा नं.-२ गुदरीयामा प्रतिनिधिसभा सदस्य हृदयेश त्रिपाठीले सामुदायिक भवनको समुदघाटन गर्नुभएको छ ।

उद्घाटन गर्दै त्रिपाठीले भने, विकासको कुनै अन्त्य हुदैन । सुन्दरता, मित्रता र विकासको कुनै अन्त्य नहुने बताएका थिए । विकासको क्रमलाई पहिला पनि निरन्तरता दिइएको र अगामि दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता गर्नु भएका थिए । शैक्षिक, सामाजिक, आर्थिक र भौतिक संरचनामा दिर्घकालिन विकास एवं समृद्धको लागि सदैव तत्पर तथा अग्रीण भूमिका निर्वाह गर्ने बताउनु भएको थियो । तराई मधेश समृद्ध अन्तर्गतको आएको बजेटको सामुदायिक भवनको कार्य सफलता पूर्वक सम्पन्न भएकोमा धन्यवाद समेत दिनु भएको थियो ।

साथै यस्ता भवनले समाजका हरेक क्रियाकलापमा मद्दत पुग्ने भन्नु भएको थियो । ३३ लाखको लागतमा निर्माण गरिएको उक्त भवनका लागि तराई मधेश समृद्ध अन्तर्गत त्रिपाठीको विशेष पहलमा उक्त सामुदायिक भवन निर्माण गरिएको हो । भवनबाट साहित्य संस्कृति समाजमा हुने विवाह, ब्रतबन्ध र अन्य धेरै रचनात्मक काम गर्न सहयोग पुग्ने भनि स्थानीय खुशी गरेका छन ।

भवन उद्घाटन कार्यक्रममा सुस्ता गाउँपालिकाको उपाध्यक्ष इन्द्र कुमारी थरुनी, वडा नं २ का वडा अध्यक्ष कृष्णलाल मुखिया, प्रेमचन्द्र गुप्ता, रामअवतार कोइरी करम हुसेन अन्सारी, रामपृत यादव, कमल अामात्य, रामअवध गुप्ता, कृष्ण पन्ती, हिरा चौधरी, डिल्ली काफ्ले लगायतको उपस्थिति रहेको थियोे ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here