गौर ।। अफताव आलमको रिहाईको माग गर्दै उनका समर्थकहरुद्धारा टायर बाली रौतहटमा प्रदर्शन गरि रहेको छ ।
आईतबार विहान ११ बजेको समयमा पूर्व साँसद तथा पुर्व बन मन्त्री समेत रहेका अफताव आलमलाई प्रहरीले एक बम विस्फोट घटनाको आरोपमा पक्राउ गरेपछि उनका समर्थकहरु अहिले रौतहट निर्वाचन क्षेत्र नं. २ को राजपुर फरहदवा सहितको गाउँ सहित विभिन्न ठाउँमा प्रदर्शन गरी रहेको हो ।
संविधानसभाको निर्वाचनमा २०६४ साल चैत २७ गते रौतहटको राजपुरमा भएको बम बिस्फोटको घटनामा आलामको संलग्न भएको र बुथ क्याप्चर गर्ने उद्देश्यले आफ्नै घरमा बम बनाउन लाग्दा विस्फोट भई घाइते भएकामध्ये १३ जनालाई नजिकैको इँटाभट्टामा जलाएर मारेको आरोप लगाइएको हो ।
आफना नेतालाई बिना कारण पक्राउ गरेको भन्दै नेपाली काग्रेसका कार्यकर्ता सहित समर्थकले रौतहटको विभिन्न ठाउँमा प्रदर्सन जारी राखेका छन् । अदालतमा बिचाराधिन मुध्दा लाई उल्टाउदै पुर्बमंन्त्रि मोहम्मद अफताब आलम लाई पक्राउ गर्नु दुखद र अन्याय भएको भन्दै समर्थकहरुले क्षेत्रको राजपुर, पिप्रा भगवानपुर ,फतुवा, सवगढा लगायतको चौकहरुमा टायर बालेर प्रदर्शन जारी राखेका छन ।
अफताव आलमको काण्ड के हो ? यो पनि पढौ ।