काठमाडाै ।। राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) को महाधिवेशन अझै पर धकेलिने भएको छ । आउँदो कात्तिक २८ देखि ३० का लागि तोकिएको महाधिवेशन पनि अनिश्चित बनेको नेताहरुले बताएका छन् । तय भएको मिति आउन एक महिना बाँकी हुँदा पनि तयारी शून्य छ । दोस्रोपटक तोकिएको महाधिवेशन तयारीका लागि आवश्यक प्रक्रिया असारदेखि नै रोकिएको छ । महाधिवेशन प्रयोजनका लागि वितरण गरिएका साधारण र सक्रिय सदस्यताका ठेली केन्द्रमा ल्याउने, महाधिवेशन गर्न विभिन्न समिति गठन गर्ने, विधान महाधिवेशनमा पेस गर्न फाइनल गर्नेलगायत कुनै पनि काम भएका छैनन् । २०७४ वैशाख ७ मा मधेसकेन्द्रित ६ दल मिलेर बनेको राजपाको विधानमा दुई वर्षभित्र महाधिवेशन गर्ने उल्लेख थियो । त्यो समयमा महाधिवेशन हुन नसकेपछि विधान संशोधन गरेर तीन वर्षभित्र गर्ने निर्णयगरेको थियो । दशै अगाडी नै महाधिवेशनसम्बन्धी छलफल र निर्णय गर्ने भनिएपनि कुनै छलफल भएको छैन । नेता राजकिशोर यादवले एक हप्तामा छलफल गर्ने र टुङगो लगाउने सीआइएनलाई जानकारी दिनुभयो । अब दशैँसकिए पछि तिहार र छठ आउँछ । यी चाडबाडको माहोलले १६ कात्तिकसम्म लैजान्छ । १६ कात्तिकमा छठ मनाएपछि मात्रै मधेसमा महाधिवेशनमा लाग्ने अवस्था छ । तयारी नपुगेको भन्दै महाधिवेसन फेरि धकेलिने नेताहरुले नै बताउन थालेका छन् ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।