काठमाडाै ।। राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको विदेश भ्रमणको तयारी सुरु भएको छ । कात्तिक पहिलो साता राष्ट्रप्रमुख भण्डारी जापान र सरकार प्रमुख प्रधानमन्त्री ओली अजरबैजान जानुहुने भएको छ । चिनियाँ राष्ट्रपति सी जिनफिनको नेपाल भ्रमण सकिएपछि राष्ट्रपति कात्तिक ३ गते जापान र प्रधानमन्त्री कात्तिक ८ गते अजरबैजान जाने कार्यक्रम रहेको छ । राष्ट्रपति भण्डारी जापानका नयाँ साम्राट नारुहितोको गद्दी आरोहण एवं राज्याभिषेकमा सहभागी हुन त्यसतर्फ जान लाग्नु भएको छ । जापानी नयाँ सम्राट नारुहितोको राज्याभिषेक कात्तिक ५ गते हुनेछ । यस्तै प्रधानमन्त्री ओली कात्तिक ८ र ९ मा अजरबैजानमा हुने असंलग्न राष्ट्रहरूको १८ औँ सम्मेलनमा सहभागी हुन त्यसतर्फ जान लाग्नु भएको हो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here