काठमान्डु ।। फिफा विश्वकप दोस्रो चरण छनोट अन्तर्गत समूहको तेस्रो खेलमा अष्टे«लियासँग खेल्ने नेपाली राष्ट्रिय फुटबल टोली अष्टे«लिया प्रस्थान गरेको छ । २३ खेलाडीसहित प्रशिक्षक र अफिसियल गरी जम्बो टोली आज अष्टे«लिया प्रस्थान गरेको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टोली मलेसियन एयरलायन्समार्फत अष्टे«लिया गएको हो । एक साताअघि नै अष्ट्रेलिया गएको टोलीले सिड्नीमा अभ्यास गर्नेछ । सिड्नीको अभ्यासपछि टोली खेल खेल्न क्यानबेरा जानेछ ।
क्यानबेरास्थित ग्लो स्टेडियममा खेल असोज २३ गते हुनेछ । नेपालले यसअघि समूहका दुई खेलमध्ये १ मा जित र एकमा हार व्यहोरेको छ । कुवेतसँग फराकिलो हार ब्यहोरेको नेपालले चाइनिज ताइपेइविरुद्ध जित निकालेको थियो । जितको लक्ष्यसहित अष्ट्रेलिया जान लागेको टोलीको कप्तानीको जिम्मेवारी गोलकिपर किरण चेम्जोङलाई दिइएको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।