रौतहट ।। रौतहट जिल्लाको चन्द्रपुरमा वर्ल्ड भिजन इन्टरनेसनल नेपाल र ग्रामीण विकास केन्द्र नेपाल को संयुक्त आयोजना र गरुडा र माधवनारायण नगरपालिकाको सहकार्यमा तीन दिने आधारभूत मनोसामाजिक परामर्श तथा सहयोग तालिम सफलतापूर्वक सम्पन्न भएको छ।

तालिममा गरुडा नगरपालिकाबाट १४ जना र माधवनारायण नगरपालिकाबाट १५ जना गरी कुल २९ जना बाल संरक्षण क्षेत्रका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो। बिशेस गरि दुवै पालिकाका बाल कल्याण अधिकारि, बाल अधिकार समितिका पदाधिकारीहरु, शिक्षकहरु, स्वास्थ्यकर्मी, बाल सन्जालका प्रतिनिधि, रुपान्तरण सहजकर्ताहरुले तिन दिने तालिममा मानसिक स्वास्थ्य र मनोसामाजिक सहयोगसम्बन्धी आधारभूत अवधारणा, मनोसामाजिक समस्या, परामर्श प्रक्रिया, संचारका सिप, आत्म-चिनारी, सहयोग संयन्त्र, समूह व्यवस्थापन र आगामी कार्य योजना निर्माण सम्बन्धी विषयवस्तुहरूमा उल्लेखनिया ज्ञान र सीप प्राप्त भएको बताए। विश्व स्वास्थ्य संगठन (WHO) द्वारा प्रशिक्षित मनोसामाजिक परामर्शकर्ता द्वारा तालिम सहाजिकरण गरिएको थियो।

पूर्ण रूपमा सहभागीमूलक विधिबाट सञ्चालन गरिएको तालिममा छलफल, मस्तिष्क मन्थन, भूमिका अभिनय, विश्राम अभ्यास तथा व्यक्तिगत प्रस्तुतीकरण जस्ता अभ्यासहरू समावेश थिए। आयोजक संस्थाका अनुसार यस्ता तालिमहरूले समुदायमा व्याप्त मनोसामाजिक समस्याहरु प्रतिको जागरूकता बढाउन र प्रभावकारी सहयोग प्रणाली निर्माण गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

कार्यक्रममा संस्थाका परियोजनाका कर्मचारी र अन्य पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो। कार्यक्रम ग्रामीण विकास केन्द्र नेपालका अध्यक्ष डा.पारस हुसेनको अध्यक्षता भएको थिए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here