जनकपुरधाम ।। भारतको जम्मू-कश्मीरस्थित पहलगाममा भएको आतंकवादी हमलाको विरोधमा मंगलबार नेपाल-भारत खुला सीमा संवाद समूहको आयोजनामा जनकपुरधाममा प्रदर्शन गरिएको छ ।
नेपाली नागरिक सुदीप न्यौपानेसहित २७ जनाको आतंकवादी हमलामा ज्यान गएपछि त्यसको विरोधमा जनकपुरमा पनि विरोध कार्यक्रम गरिएको हो । यसअघि काठमाडौंमा पनि विभिन्न समूहले यस घटनाका विरोधमा प्रदर्शन गरेका थिए । ‘आतंकवाद मुर्दावाद’, ‘सुदीपलाई न्याय दे’ लगायतका नारासहित जनकचोकदेखि जानकी मन्दिर परिक्रमा गर्दै प्रदर्शन गरिएको हो ।
कार्यक्रमको अध्यक्षता नेपाल-भारत खुला सीमा संवाद समूहका प्रदेश सहअध्यक्ष दीपक यादवले गरेका थिए भने प्रमुख अतिथि संस्थाका अध्यक्ष राजीव झा थिए ।
कार्यक्रममा हिन्दू तथा मुस्लिम समुदायका युवाहरू स्व:स्फूर्त रूपमा सहभागी भई एकताको सन्देश दिएका संवाद समूहका अध्यक्ष झाले बताए । यस घटनालाई अन्तर्राष्ट्रियस्तरमा उजागर गर्न पहल गरिने प्रतिबद्धता पनि जनाइएको छ ।
नेपाल-भारत खुला सीमा संवाद समूहले आगामी दिनमा पनि सीमा सुरक्षाको विषयमा जनस्तरबाट आवाज उठाउँदै पीडितको न्यायका लागि निरन्तर संघर्ष गरिरहने बताएको छ ।
पहलगाममा भएको आतंकवादी हमलाको विरोधमा जनकपुरधाममा प्रदर्शन
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।