स्क्रब टाइफस‘रिकेटसिया’नामका व्याक्टेरियाको कारण मानिसमा सर्ने गर्छ । यो रोग मुसामा ,छुचुन्द्रोमा दिखने किर्ना जस्तो किराबाट मानिसमा सर्ने यो रोग हो । यो रोग मानिसबाट मकानिसमा सर्दैन । यस्ता किर्ना विशेष गरि प्राय जसो घासपातमा , झरिझुरिमा , झाडीमा , खेतबारीमा देखिने गर्दछ । यो रोग पहिला देखि थियो तर नेपालमा भने यसको चर्चा थिएन । महाभूकम्पका कारण मानिसहरु सडक किनार वा खुल्ला चौरमा बस्न थालेपछि यसको संक्रमण बढी देखिन थालेको हो । यो रोगको उपचार सुरुमा नगराएमा ज्यान पनि जान सक्छ । विशेष गरेर सास र्फेन गा्रहो हुने , कलेजो तथा मृगौलाले काम गर्न छोडने र अन्तयमा दिमागमा असर गरेर विरामाीको हुने चिकित्सकहरुले बताउछ । नेपालमा महाभूकम्प लगतै देखा परेका स्क्रब टाइफसको कारण ८ जनाले ज्यान समेत गुमाएका छन् ।
यस रोगको उपचार विधि ?
यदि कुनै विरामीमा माथिका कुनै पनि लक्षण देखा परेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा लगेर उपचार गराइहाल्नु पर्छ । विशेषगरी रगतमा एन्टिजेनको जाँच गरेपछि यो रोग लागेको वा नलागेको पत्ता लगाउन सकिन्छ ।
यदि विरामीमा यस रोगको संक्रमण देखिएमा चिकित्सकको सल्लाह अनुसार पुरा डोजको एन्टिवायोटिक औषधि प्रयोग गरेमा यो रोग निको हुन्छ । यो रोगमा डोक्सिसिलिन र एजिथ्रोमाइसिन नामक औषधिको प्रयोग प्रभावकारी मानिने डा। बास्तोला बताउँछन् ।
बच्ने उपाय
खेतीवारीमा काम गर्दा, वनजगंल झाडीमा जादा तथा घास काट्न जादाँपुरा शरिर ढाकीने कपडा लगाउने संभव भए बुट लगाउने, घासबारी वा चौर मा बस्दा गुद्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुईमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्ने बस्ने, सकेसम्म घासवारी र चौरमा नबस्ने, चउर, बारी, घाँस तथा घुरान बढ्न नदिने, मुसा नियन्त्रणको लागि उपयुक्त किसिमले अन्न भण्डारण गर्ने तथा मुसाको बृद्धि विकास नहुने वातावरणको सिर्जना गर्ने ।
लक्षणहरू
स्क्रब टाइफस भएका मानिसहरुमा धेरै जरो आउने १०४ डिग्री भन्दा बढि र काम जरो समेत आउन सक्दछ । धेरै टाउको दुख्ने, पसिना धेरै आउने, आँखा रातो हुने, झाडापखला लाग्ने , विस्तारै शरिरका मुख्य अंगहरुले काम गर्न छोड्ने,समयै उपचार नभएका कडा खालको स्वासप्रस्वास समस्या जस्तै दम बढ्नु सास फेर्न गाह्रो भई विरामी सिकिस्त समेत हुन सक्छ । किराले टोकेको ठाँउमा रातो डावर जस्तो देखिन सक्छ । टोकेको ठाँउमा पछि गएर कालो दाग बस्न सक्छ ।