ओम प्रकाश यादव , रौतहट ,असोज ५ । रौतहटको गरुडा नगरपालिका स्थित गरुडामा रहेको अनामिका हस्पिटल प्रालिले अति विपन्न समुदाय र घरवार विहिन भएकाहरुलाई उपचार सेवा निशुल्क गरेको छ । अति गरिव, असाहाय र घरवार गुमाएकाहरुलाई अनामिका हस्पिटल गरुडाले निशुल्कमा उपचार गरिरहेको छ । त्यस्ता विरामीहरुको लागि अस्पतालको सम्पूर्ण सेवा निशुल्क उपलब्ध गराइरहेको अस्पतालका प्रमुख डाक्टर आरबी प्रसादले बताउनुभएको छ । अति पिछडिएका समुदाय, गरिव, असाहाय र कोहि पनि सहारा नभएकाहरुले विरामी हुँदा उपचारको लागि पैसा नहुनेभएकोले मर्नुपर्ने बाहेक अरु कुनै विकल्प नहुने भन्दै डा. आरबी प्रसादले त्यस्ता नागरिकलाई अस्पतालको सम्पूर्ण खर्च निशुल्क गरेको बताउनुभयो । त्यस्तै अस्पतालले अपांगहरुको उपचार सेवामा ५० प्रतिशत र ७० वर्षभन्दा माथीका जेष्ठ नागरिकलाई २५ प्रतिशत छुट दिरहेको उहाँले बताउनुभयो । त्यस्तै अनामिका हस्पिटलले अरु विभिन्न शेवाको यसभन्दा अघि लिदै आएको शुल्क पनि अहिले घटाएको छ । अस्पतालले ओपिडि सेवा निशुल्क गरेको हो भने एक्सरे, भिडियो एक्सरे, ल्याब, इसीजी, नेबुलाईजर लगाएतका सेवाको शुल्क घटाएको डा. प्रसादले बताउनुभयो । पहिलाको स्थानबाट सरेर अहिले ईलाका प्रहरी कार्यालय गरुडाको उतरपटी छेउमा गएको अनामिका हस्पिटलले विगत ५ वर्षदेखी गरुडा अनाथालयका बालबालिकाहरुको निशुल्क उपचार गर्दै आएको छ । त्यस्तै अनामिका हस्पिटलले रौतहटमै पहिलो पटक ठुलोे डिजिटल एक्सरे मेसिन भित्राएको छ । ल्याईएको उक्त एक्सरे मेसिनको सेवा अबको केहि दिनमै शुरु हुने तयारीमा रहेको अनामिका हस्पिटलका प्रमुख डाक्टर आरबी प्रसादले बताउनुभएको छ ।
Home प्रदेश समाचार अति विपन्न समुदाय र घरवार विहिन भएकाहरुलाई रौतहटको अनामिका हस्पिटलले निशुल्क उपचार...
अति विपन्न समुदाय र घरवार विहिन भएकाहरुलाई रौतहटको अनामिका हस्पिटलले निशुल्क उपचार गर्दै ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।