काठमाडौं – भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सात दिने भ्रमणका लागि अमेरिका पुगेका छन् । यस भ्रमणमा उनले अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पलाई दुईपटक भेट्नेछन् ।

पहिलो भेटघाट आइतवार ह्युस्टनमा हुनेछ । त्यहाँ मोदीले अमेरिकामा बस्ने भारतीयहरूलाई सम्बोधन गर्नेछन् । ह्युस्टनमा हुने हाउडी मोदी समारोहमा अमेरिकी राष्ट्रपति ट्रम्पसहित अमेरिकाका ५० सांसद पनि हुनेछन् ।

मोदी र ट्रम्पबीच मंगलवार न्युयोर्कमा पनि भेटघाट हुनेछ । त्यहाँ मोदी संयुक्त राष्ट्रसंघको वार्षिक महासभामा उपस्थित हुनेछन् ।

हाउडी मोदी कार्यक्रमको आयोजना टेक्सस राज्यमा बसेका भारतीयहरूले एक संगठन टेक्सस इन्डिया फोरमले गरेको हो ।

ह्युस्टनको एनआरजी स्टेडियममा हुने तीन घन्टे कार्यक्रम पौने ९ बजे शुरू हुनेछ ।

मोदी र ट्रम्पको उपस्थितिमा संगीत नृत्यु प्रस्तुति हुनेछ अनि दुवै नेतादे मानिसहरूलाई सम्बोधन पनि गर्नेछन् ।

समारोहको शुरूआती ९० मिनटमा सांस्कृतिक कार्यक्रम गरिनेछ जसमा अमेरिकाका बसेका भारतीयहरूलाई अमेरिकासँग भएको लगावलाई दर्शाइनेछ ।

यस प्रस्तुतिमा अमेरिकाभरिका लगभग ४०० कलाकार र अन्य मानिसले भाग लिनेछन् । २७ वटा समूहले प्रस्तुति दिनेछन् ।

कार्यक्रम हिन्दी, अंग्रेजी र स्पेनी भाषामा प्रसारित गरिनेछ ।

टीआईएफका अनुसार, समारोहमा ५० हजारभन्दा बढी मानिस उपस्थित रहनेछन् ।

सभार – बीबीसी हिन्दीबाट

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here