एजेन्सी , असेज २ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरेका छन्। लामो समय अमेरिकाको कूटनीति र सुरक्षाका क्षेत्रमा काम गरेको रोबर्ट ओब्राइनलाई ट्रम्पले आफ्नो चौंथो राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरेका हुन्। अघिल्लो साता ट्रम्पले जोन बोल्टनलाई सुरक्षा सल्लाहकारबाट बर्खास्त गरेका थिए। ट्रम्पको सुरक्षा सल्लाहारका रूपमा ओब्राइनले अमेरिकाको आप्रवासी नीतिदेखि इरानसँगको बढ्दो तनावसम्मका मुद्दाहरूमा काम गर्नेछन्।ट्रम्प र ओब्राइनले बुधबार बिहान लस एन्जलसमा संवाददाताहरूसँग सँगै कुरा गरेका छन्। ‘रोबर्टले धेरै राम्रो काम गरेका छन्। हामी एकअर्कासँग निकै जानकार छौं,’ अमेरिकी हिरासतमा रहेकाहरूबारे ओब्राइनले गरेको कामको प्रशंसा गर्दै ट्रम्पले भने। ओब्राइनले आफूले अमेरिकालाई अझ सुरक्षित बनाउन र सैन्य शक्तिलाई मजबुद् बनाउन राष्ट्रपति ट्रम्प र समूहका अरूसँग मिलेर काम गर्ने बताए।कानुनका विद्यार्थी ओब्राइनले रिपब्लिकन पार्टीको विदेश नीति सल्लाहकार भएर काम गरेका थिए। सन् २००५ मा तत्कालीन राष्ट्रपति जर्ज डब्ल्यु बुसले ओब्राइनलाई संयुक्त राष्ट्र संघीय महासभाका लागि प्रतिनिधि नियुक्त गरेका थिए।ओब्राइन राष्ट्रसंघमा प्रतिनिधि हुँदा जोन बोल्टन अमेरिकी राजदूत थिए। ओब्राइनले पूर्वराष्ट्रपति बाराक ओबामाका पालामा पनि विभिन्न भूमिकामा काम गरेका थिए।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here