एजेन्सी , असोज २ । नेपालमा हुन लागेको आइफा अवार्डको चर्को विरोध पछि फरि भारतमै फर्किएको थियो । यो अवार्ड भारतिय फिल्म उद्योगको सबैभन्दा ठुलो इंटरनेशनलन अवार्ड हो । यो अवार्ड समारोह बुधवार भारतमा सम्पन भएको छ । बलिउडका चर्चित कलाकारहरुको उपस्थितीमा आयोजना भएको थियो । आइफको २० औँ संसकरणमा बलिउडका कलाकारहरु एकदमै आकर्षक र फेसनेबल पहिरणमा आ–आफनो प्रस्तुति दए । आइफको २० औँ संस्करणमा आलिया भट्टले फिल्म ‘राजी’बाट बेस्ट एक्ट्रसको अवार्ड जितेकि छिन भने रणवीर सिंहले पनि ‘पद्यमावत’ बाट बेस्ट एक्ट्रसको अवार्ड जिते । त्यस्तै मेघना गुलजार फिल्म ‘राजी’बाट बेस्ट फिल्म अवार्ड जितेका छन ् । श्रीराम राघवनले फिल्म ‘अंधाधुन’बाट बेस्ट डायरेक्टरका अवार्ड जितेका छन् । यस्तै फिल्म ‘पद््यमावत’बाट आदिति राव हैदारीले बेस्ट स्पोर्टिङग एक्ट्रस्को अवार्ड जितेका छन ् भने यस्तै फिल्म ‘संजु’ बाट बेस्ट सपोर्टिङग एक्टे«सको अवार्ड विक्की कौशलले जितेका छन ् । साराअली खानले ‘केदारनाथ’ चलचित्रबाट नव–नायिकाको अवार्ड जित्दा इशान खट्टरले चलचित्र ‘धडक’बाट नव–नायकको अवार्ड जिते । उत्कृष्ट कथाको अवार्ड ‘अन्धाधुन’ चलचित्रका लागि श्रीराम राघवन, पूजा लोधा श्रुती, अरिजित विश्वास, योगेश चन्देकर र हेमन्त रावले जितेका छन् । अवार्ड समारोहमा अन्य विभिन्न नाममा पनि अवार्ड वितरण गरिएको थियो । ‘पछिल्लो २० बर्षकै उत्कृष्ट नायिका’को अवार्ड दीपिका पादुकोणले जित्दा नायक रणवीर कपुरले ‘पछिल्लो २० बर्षकै उत्कृष्ट नायक’को अवार्ड जिेत । पछिल्लो २० बर्षकै उत्कृष्ट चलचित्रको अवार्ड ‘कहोना प्यार हे’ जित्दा राजकुमार हिरानीले ‘पछिल्लो २० बर्षकै उत्कृष्ट निर्देशक’को अवार्ड जिते । पछिल्लो २० बर्षकै उत्कृष्ट संगीतको अवार्ड भने प्रितमले जितेका छन् ।
नेपालमा हुन नसकेको आइफा अवार्ड भारतमा सम्पन
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।