रौतहट । शहरी विकाश मंत्रालयबाट तीन वटा पालिकामा विभिन्न ५२ किलोमीटर सड़क निर्माणको जिम्मेवारी पाएका आश्रय निर्माण सेवा र ढुकछुंद निर्माण कम्पनीले सड़क विस्तार तथा निर्माणको कार्य सञ्चालन गरे पनि ठाउ ठाउमा उत्पन्न भैरहेको विबाद समयमा समाधान नभएको कारण निर्धािरत समय सीमा भित्रमा सड़क निर्माणको कार्य संपन्न हुन नसक्ने भए पछि निर्देशक साह चिंतित देखिएका छन ।
गौर नगरपालिका भित्रमा ५० प्रतिशतको हराहारीमा सड़क निर्माणको काम भएपनि सड़कमा भएको घर हटाउन नसकिएको कारण निर्माणको कार्य अवरोध भएको बताएका छन । सम्वन्धित नगरपालिकाका नगर प्रमुख , निर्वाचित वड़ा अध्यक्षको निष्क्रियताले निर्माणको कार्य बाधित भएको देखिएको छ । सड़क विस्तारको क्रममा घरहरु छिटो छरितो हटाएमा समयमा निर्माण कार्य संपन्न हुने घर भत्काइएन भने निर्माण कार्य अधुरो हुने निश्चित रहेको छ ।
निर्माण व्यवसायी राम आश्रय साहले आफु कार्य गर्न इच्छुक रहे पनि काम गराउने सक्रीय नदेखिएको बताए । उनले भने घर जति छिटो हटाइनच्छ त्यति चाडो निर्माण कार्य गर्छौ । सड़क खाली गराउन पटक पटक निर्वा्चित जनप्रतिनिधि ,नागरिक समाज , स्थानीय बुद्धिजीवी , सचेत वर्ग लाइ आग्रह गरे पनि कुनै चासो देखिएको नहुँदा काम गर्न कठिनाई भैरहेको उल्लेख गरे ।
साहले राजनितिक सामाजिक रुपमा सहमति समन्वय गरी बाटो किलियर गर्नु पर्ने जोड़ दिए । सवैले मिलेर निर्माण कार्यको सहयोग गर्नु पर्ने अपील गरे ।
सड़क विस्तार गर्ने कार्य मा सहयोग भएन भने विबाद नहुने ठाउमा बनाउने र विबादित ठाउ छोडिदिने जनाएका छन ! निर्माण कार्यको अंतिम सीमा २०७७ माघ सम्म रहेकोले विकासको कार्यमा निर्वा्चित जनप्रतिनिधिहरु साथै स्थानीयहरुले सहयोगी भूमिका निर्वाह गर्नु पर्ने आवश्यकता देखिन्छ ।
राजनितिक ईर्ष्या द्वेष त्याग गरी आफ्नो नगर , गाउको विकास गराउनु पर्ने तरफमा अग्रसर हुनु पर्ने भएकोले घर हटाउने विषयमा सहमति खोज्नु नभए प्रहरी प्रशासनको सहयोग लिएर बाटो खाली गराउनु पर्ने अवस्था रहेको छ । समयमा निर्माण कार्य भएन भने बाटोको अवस्था दैनिय रहने संकेत देखा परिरहेका छन । श्रीलंका निर्माता बाबा विश्वकर्मा देवको विधिपूर्वक धूमधामका साथ पूजा आजा गरिएको छ । उद्योग ,कलकारखÞाना , सना उद्योग लगायतका कम्पनी , पसल , सवारी साधनको पूजा गरिएको छ ।
विश्वकर्मा पूजाको अवसरमा रौतहट जिल्लाको सदरमुकाम गौरमा आफ्नै कम्पनीमा आश्रय निर्माण सेवा प्राइभेट लिमिटेडले आयोजना गरेको पूजनोस्तव समारोहमा निर्माण सेवाका निर्देशक राम आश्रय साहले गौर ,राजदेवी र यमुनामाई गाउँपालिकामा सड़क निर्माणमा भैरहेको ढिलाई बारे चिन्ता व्यक्त गरेका छन ।
Home प्रदेश समाचार मधेश प्रदेश नगर प्रमुख , वड़ा अध्यक्षको निष्क्रियताले निर्माण कार्य गर्न कठिनाई :-...
नगर प्रमुख , वड़ा अध्यक्षको निष्क्रियताले निर्माण कार्य गर्न कठिनाई :- निर्माण व्यवसायी साह
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।