जाजरकोट ।। जाजरकोटमा भूकम्प प्रभावित एक बालिकाको चिसोका कारण ज्यान गएको छ। कुशे गाउँपालिका-१ स्याग्रीका सुनिल वादीकी तीन वर्षीया छोरी रक्षाको चिसोका कारण ज्यान गएको गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए। भूकम्पले घर भत्किएपछि उनको परिवार त्रिपालमा बस्दै आएको छ । बिरामी परेपछि उनलाई स्थानीय स्वास्थ्य संस्थामा भर्ना गरिएको थियो। स्वास्थ्य जाँच गर्दा निमोनिय देखिएको थियो । त्यसपछि अस्पताल लैजाने क्रममा मंसीर १३ मा बालिकाको छेडागाडस्थित मटेलामा मृत्यु भएको वडाध्यक्ष बस्नेतले बताए। भूकम्पले घरमा क्षति पुगेका सर्वसाधारण त्रिपालमा बस्दै आएका छन् । चिसो बढेसँगै बालबालिका र वृद्धवृद्धा विरामी पर्न थालेका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here