काठमाडाैं ।। नेकपा एमालेले महाकाली-मेची अभियान सुरु गरेको छ । बिहीबार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटबाट अभियानको शुभारम्भ गरेका हुन् । आजबाट सुरु भएको झुलाघाट-चिवाभञ्ज्याङ यात्रा पुस २ गते सम्पन्न हुनेछ । यस क्रममा नेकपा एमालेले मध्य पहाडी पुष्पलाल लोकमार्गको अध्ययन र त्यस आसपासका नागरिकको अवस्थाबारे अध्ययन गर्ने र नागरिकसँग जोडिने बताएको छ । उद्घाटनका क्रममा अध्यक्ष ओलीले यस अभियानले अराजक राजनीतिलाई सही बाटोमा ल्याउन मद्दत गर्ने बताए । जनताले मात्रै देशलाई अघि बढाउने भएकोले आफूहरू जनतामा फरक ढंगले गइरहेको बताउँदै उनले समृद्ध नेपाल सुखी नेपालीका लागि यो यात्राले योगदान गर्ने बताए । यो अभियानलाई नेकपा एमालेले ‘संकल्पको यात्रा’ नाम दिएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here