काठमाडाैं ।। नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा आर्थिक विकास गरी विपन्न समुदायको सामाजिक रुपान्तरण गर्नुपर्ने खाँचो रहेको बताउनु भएकाे छ । पार्टीको ‘समाजवादी जागरण अभियान’ अन्तर्गत आज अमलेखगञ्जमा आयोजित सभालाई सम्बोधन गर्दै उनले जनताको लामो समयदेखिको सङ्घर्षबाट राजनीतिक उपलब्धि प्राप्त भएको भए पनि उनीहरूको आर्थिक विकास तथा सामाजिक सुरक्षा हुन नसकेको बताउनुभएको सो पार्टीको सचिवालयले जनाएको छ । उनले देश विकास र जनताको आर्थिक समृद्धिको सङ्कल्प पूरा गर्न आफ्नो पार्टी क्रियाशील रहेको जनाउँदै मुलुक रुपान्तरणका लागि सबै जाति समुदायका समस्या समाधान गर्न समाजवादी व्यवस्था कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
विपन्न समुदायमा सामाजिक रुपान्तरणको आवश्यकता छ : माधव नेपाल
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।