काठमाडौं ।। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले ज्ञानेन्द्र शाहलाई राजा भनेकोमा नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले सदनमा आपत्ति जनाएका छन् । अध्यक्ष राजेन्द्र लिङदेनले राजावादीहरु धार्मिक सद्भाव विथोल्न लागेका छन् भन्ने अभिव्यक्तिहरु दिएकोप्रति आपत्ति जनाएका छन् । शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा उनले त्यस्तो कुन गतिविधि रहेछ राजावादीहरुको जसले धार्मिक सद्भाव विथोल्न लागेको छ भन्ने कुरा प्रष्ट पार्न माग गरे ।
‘केहीले राजावादीहरु धार्मिक सद्भाव विथोल्न लागेका छन् । त्यसलाई निगरानी गर्न पर्यो । राजा ज्ञानेन्द्र पनि लोकतन्त्र विरोधी कार्यमा संलग्न भएका छन् । उनको गतिविधीका ध्यान दिनु पर्यो भनेर आग्रह अनुरोध गरेका छन् । कुन त्यस्तो गतिविधि रहेछ राजावादीहरुको जसले धार्मिक सद्भाव विथोल्न लागेको छ त्यसको म जानकारी लिन चाहान्छु । त्यसबारे प्रष्ट गर्नु होला’, लिङ्देनले जघन्य हत्याका अपराधिहरुलाई जेलबाट छोड्ने र बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा बनाउने, नेपाली नागरिकलाई भुटानी शरणर्थी बनाउने र क्विन्टलका क्विन्टल सुन ल्याउने काम चाहिँ लोकतान्त्रिक हो ? भन्दै प्रश्न गरेका छन् ।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा अध्यक्ष लिङदेनले ज्ञानेन्द्रलाई राजा भनेर सम्बोधन गरेपछि उनको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सांसद दाहालले राजा भन्ने शब्द रेकर्डबाट हटाउन माग गरका हुन् ।
उनले भने- ‘नेपालको संविधानले राजा चिन्दैन । भर्खरै एक जना माननीयज्यूले सदनमा राजा भन्ने शब्द प्रयोग गर्नु भयो । यो संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुको हो । त्यसैले यो राजा भन्ने शब्द रेकर्डबाट हटाउन माग गर्दछु ।’ बिहीबार जसपा सांसद प्रदीप यादवले पूर्वराजा ज्ञानेन्द्र शाहका लोकतन्त्र विरोधी गतिविधिमा निगरानी गरिनुपर्ने बताएका थिए ।
लिङदेनले ज्ञानेन्द्रलाई राजा भनेपछि दाहालको आपत्ति,
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।