रौतहट ।। रौतहटको गरुडामा एउटा फर्निचर पसलमा आगलागी हुँदा करोडौंको क्षति भएको छ। गएराति गरुडाको अंशु ट्रेडर्समा आगलागी हुदाँ पसलमा रहेको फर्निचरका साथमा इलेक्ट्रोनिक सामग्रीहरू जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ओम प्रकाश खनालले जानकारी दिए ।
स्थानीय रामजनम साहले सञ्चालन गरेको उक्त फर्नीचर पसलमा अचानक भएको आगलागी बाट १ करोड भन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।
डिएसपी खनालका अनुसार पसलमा बिहीबार बिहान दुई बजेतिर आगो लागेको थाहा पाएर नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी मिलेर ३ वटा दमकलको सहयोगमा करिब ३ घण्टापछि आगलागी नियन्त्रणमा लिइएको थियो ।
आगलागीको ठोस कारण खुल्न नसके पनि विद्युत सर्ट वा बालिएको धूप सल्किएर घटना भएको अनुमान गरिएको डिएसपी खनालले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी खनाल जनाएको छ।
फर्निचर पसलमा आगलागी हुँदा करोडौंको क्षति
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।