सर्लाही ।। प्रहरीले सर्लाहीमा जलाउन लागिएको एक विवाहित युवतीको शव चिताबाट नियन्त्रणमा लिएको छ । जिल्लाकाे रामनगर गाउँपालिका–१ स्थित खैर्वाबाट युवतीको शव बरामद गरेको छ । रामनगर गाउँपालिका–१ खैर्वाका सुनिल शाहकी पत्नी २१ वर्षीया मनिषा शाहको शव अनुसन्धानका लागी बुधबार दिउँसो मनुषमारा घाटमा जलाउन ठिक्क पारेको अवस्थामा नियन्त्रणमा लिइएको जिप्रका सर्लाहीका प्रवक्ता (डिएसपी) दीपेन्द्र पंजियारले बताए । मनिषाको मृत्यु शंकास्पद देखिएपछि त्यसबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ । डिएसपी पंजियारका अनुसार मनिषाको घाँटीमा डाम देखिएको छ । शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल सर्लाहीमा राखिएको छ । प्रहरीले मनिषाका पति सुनिल शाह, ससुरा र देवरलाई नियन्त्रणमा लिएको छ । उनिहरुलाई सोधपुछका लागी नियन्त्रणमा लिइएको सर्लाहीका एसपी नरेश सुवेदीले जानकारी दिए ।थप कुरा पोस्टमार्टमपश्चात खुल्ने उनले बताए ।
Home प्रदेश समाचार मधेश प्रदेश सर्लाहीमा जलाउन लागिएको युवतीको शव चिताबाट बरामद, पतिसहित ३ जना पक्राउ
सर्लाहीमा जलाउन लागिएको युवतीको शव चिताबाट बरामद, पतिसहित ३ जना पक्राउ
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।