रौतहट । । रौतहटको सदरमुकाम गौर स्थित रहेकोे एच.ए. क्याम्पसको भवनमा ग्रामीण बिकास केन्द्र नेपालद्वारा विपन्न,दलित , एकल र असहाय महिलाहरुकालागि तीनमहिने सिलाई कटाई तालिम सञ्चालन गरिएको छ ।
कतार च्यारिटीको साझेदारीमा ग्रामीण बिकास केन्द्र नेपालले तीन महिनाको लागि सो तालिम यहाँ सञ्चालन गरेको हो ।
RDC नेपालको अध्यक्ष पारस हुसेनले सो तालिमको उदघाटन एक कार्यक्रमका विच गर्नुभयो ।
सो अवसरमा बोल्दै अध्यक्ष हुसेनले भन्ने यस्तो सिपमुलक तालिमबाट विपन्न,दलित, एकल र असहाय महिलाहरुलाई जिवीकोपार्जन गर्न सहज हुने बिश्वास हुनेछ । उहाँले यस्ता तालिमहरु सहभागीहरुको बाच्ने आधार समेत हुन सक्ने भन्दै यसको सदुपयोग गर्न सहभागी महिलाहरुलाई आग्रह गर्नुभयो । त्यस्तै स्थानियस्तरमा समुदायकालागि विभिन्न कामहरु गरेकोमा हुसेनले RDC नेपालको प्रसंशा पनि गर्नुभयो । तीन महिनासम्म संचालन हुने सो तालिममा अति बिपन्न, दलित ,असहाय र एकल महिला गरि १५ जना महिलाको सहभागिता रहेको तालीम मैनेजर कृष्ण झाले जानकारी दिनुभयो ।
उक्त तालीम कार्यक्रम कतार च्यारिटीको आर्थिक सहयोग र मानव बिकास केन्द्र नेपालको आयोजनामा शुरु भएको हो ।
उद्घाटन कार्यक्रममा RDC नेपालको अध्यक्ष पारस हुसेन , तालीम मैनेजर कृष्ण झा,प्रशिक्षक ममता देवी,परिक्षारती,कतार च्यारिटीको विभिन्न कर्मचारी शाहलगायतको सहभागिता रहेको थियो ।