विराटनगर ।। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा एमालेको सरकार बन्ने दाबी गरेका छन् । शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले सत्ता गठबन्धनको अलोकतान्त्रिक र असंवैधाािनक क्रियाकलापका कारण कोशीमा अस्थिरता भएको बताए । सत्ता पक्षले नबनेको सरकार बन्यो भन्ने, सभामुखलाई राजीनामा गर्न लगाउने जस्ता काम गरेको भन्दै उनले अघि भने, ‘कांग्रेस जस्तो पुरानो पार्टीले एकछिनका लागि बलजफ्ती गरेको, संविधान मिच्ने ?
हिजो हतियार उठाएर हिंडेको माओवादीले संविधान नमान्नु ठूलो विषय नभएको बताउँदै उनले भने, ‘कांग्रेसले त मान्नुपर्थ्यो नि कमसेकम !’
अबको निकास के भन्ने प्रश्नमा ओलीले भने, ‘एमालेको सरकार बन्छ । एमालेको सरकार चल्छ । एमालेले मजाले चलाउँछ ।’
ओलीले भने कोशी प्रदेशमा अब ५० सांसदसहित एमालेको नेतृत्वमा सरकार बन्ने बताए ।
कोशी प्रदेशमा एमालेको सरकार बन्छ : अध्यक्ष ओली
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।