रौतहट ।। रौतहट जिल्लामा संचालन रहेको ग्रामीण उधम तथा विप्रेषण आयोजना समृद्धिको समय सीमा सकिएको छ । परियोजनाको अवधि सकिएपछि सम्वन्धित स्थानीय तहको जिम्मा लगाइएको छ ।
रौतहट जिल्लाको गौर मागरपालिकाको सभाहलमा बुधवार ग्रामीण उधम तथा विप्रेषण आयोजना इटहरी ,सुनसरीले आयोजना गरेको आप्रवासी स्रोत केन्द्र / सुचना कक्ष हस्तान्तरण कार्यक्रममा परियोजनाका प्रमुख उद्योग बाणिज्य तथा आपूर्ति मंत्रालयका सह सचिव सरोज प्रसाद गुरागाईले कार्यक्रम सञ्चालन रहेका गौर नगरपालिका , गरुडा नगरपालिका र चन्द्रपुर नगरपालिकाका प्रमुख उपप्रमुखलाइ विधिवत रुपमा हस्तान्तरण गरेका हुन ।
कार्यक्रममा प्रमुख आतिथिको आसन्न बाट सम्वोधन गर्दै गौर नगरपालिकाका नगर प्रमुख शम्भू साहले समृद्धि परियोजनाले जिल्लामा राम्रो काम गरेको बताए । उहाले स्थानीय तहको जिम्मा आएपछि पहिलाको जस्तै कार्यक्रमलाइ अगाडी लैजाने प्रतिबद्धता जनाए ।
बैदेशिक रोजगारीको लागि जाने युवा युवतीलाइ सुरक्षित रोजगारी तथा ठगीमा परेकालाइ उद्दार र रकम फिरताको लागि गरेको पहल सराहनीय रहेको बताउँदै मेयर साहले नेपाल सरकारले गरीव ,आर्थिक अवस्था कमजोर भएका बर्ग समुदायका युवा युवतीले गर्न सकिने उधम व्यवसायमा करको सवालमा ध्यान दिनु पर्ने जोड़ दिए ।
उहाले भने व्यवसाय गर्ने सवै जानकार हुदै त्यसैले लाग्ने करमा छूट गर्नु पर्ने विषयमा ध्यान दिनु पर्छ ।
कार्यक्रममा गरुडा नगरपालिकाका उपप्रमुख पूनम चौधरी , चन्द्रपुर नगरपालिकाका उपप्रमुख जयमाला चौधरीले आ आफ्नो विचार प्रस्तुत गरेका थिए ।
परियोजना अध्यक्ष समेत रहेका सह सचिव गुरागाईको अध्यक्षतामा संपन्न भएका कार्यक्रममा गौर नगरपालिकाका सुचना अधिकृत नीलू झा , गरुडा नगरपालिकाका कृष्णा यादव र चन्द्रपुर नगरपालिकाका सुशीला चौधरीले परियोजना लागि भएको दिन देखि संपन्न भएको अवधि सम्म भएको उपलब्धिको बारेमा जानकारी गराएका थिए !
आप्रबासन संयोजक जीवन श्रेष्ठले नेपाल सरकार तथा कृषि विकासका लागि अंतराष्ट्रीय कोष (आई एफ ए डी) विच समझौता भई उद्योग बाणिज्य तथा आपूर्ति मंत्रालय अंतर्गत ७ वर्षको लागि ग्रामीण उधम तथा विप्रेषण आयोजना समृद्धि कार्यान्वयनमाँ आएको जानकारी दिएका छन ।
२५.२५ मिलियन अमेरिकन डलर रहेको आयोजना कोशी प्रदेशका ८ जिल्ला ,मधेश प्रदेशका ७ जिल्ला र बागमती प्रदेशका १ जिल्ला गरी १६ जिल्लामाँ लागू रहेको परियोजनाले बैदेशिक रोजगारमाँ जानेलाइ परामर्श दिनुको साथै उद्धारको कार्य गरेको बताए ।
समृद्धि आयोजनाको साझेदारीमा ६० हजार ९ सय १८ जनालाइ २०७९ पौष मसान्त सम्म परामर्श सेवा उपलब्ध गराउनुको साथै ५५२ जना लाइ उद्दार राहत तथा न्याय दिलाएको र १२ करोड़ रुपैया क्षति पूर्ति दिलाउन सफल भएको तथ्यांक सार्वजानिक गरेका छन ।
समृद्धि आयोजनाको समय सीमा सकियाे , स्थानीय तहलाइ गरियो हस्तान्तरण
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।