रौतहट ।। रौतहटमा एक पुरुषको घरमै हत्या भएको छ । रौतहटको देवाही गोनाही नगरपालिका ६ कर्कच कर्मैैया गाउँमा विहिवार राति धारिलो हतियारबाट घाँटी रेटेर ३५ बर्षिय युवक जगरनाथ साह कानुलाई सुतिरहेका बेलामा अज्ञात समुहले धारिलो हतियारले घाँटी रेटेर विभत्स रुपमा हत्या गरिएको हो । आफ्नै कोठामा रहेको खाटमा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय देवाहि गोनाहीका प्रहरी निरीक्षक गोविन्दकुमार साहका अनुसार घटना गएराति ११ देखि १२ बजेको बीचमा भएको हुनसक्ने आशंका व्यक्त गरे । घटना पछि मृतक कानुको श्रीमतीले थाहा पाएपछि गएराति २.१५ मिनेटमा खबर गरेपछि प्रहरी टोली घटनास्थलमा पुगको बताए ।
घरमा सुतिरहेका कानूलाई हत्या गर्दा कसैलेपनि थाहा पाउन नसक्नु रहस्य बनेको छ । घटना बारे पहिलो जानकारी पाउने मृतककी श्रीमतीको अवस्था ठिक नहुँदा तत्काल बढी सोधपुछ गर्न नसकेको इन्सपेक्टर साहले जानकारी दिए ।
यसैबीच घटनास्थल कर्कच कर्मैयामा केहीबेर अघि मात्र पुगेका ईलाका प्रहरी कार्यालय गरुडाका प्रमूख डिएसपि ओमप्रकास खनालले घटनाको अनुसन्धानका लागी प्रदेश प्रहरी कार्यालय जनकपुर बाट तालीम प्राप्त कुकुर झिकाइएको बताए ।
रातिको घटना कसरी भयो अनुसन्धानको विषय हो तत्काल हामी घटनास्थलको आसपासमा सुरक्षा गरी बसेका छौं कुकुरको सहयोगमा थप अनुसन्धान अघि बढेपछि केही भन्नमिल्ने डिएसपि खनालले स्पष्ट पारे ।
रौतहटमा धारिलो हतियार प्रहार गरेर एक युवकको हत्या
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।