काठमाडाैं ।। भारतले चन्द्रयान–३ लन्च गरेको छ । यो यान २३–२४ अगस्टमा चन्द्रमाको दक्षिणी ध्रुव म्याजिनिस यूमा अवतरण गर्नेछ । यसलाई एलभीएम३–एम४ रकेटबाट प्रक्षेपण गरिएको भारतीय सञ्चार माध्यहरूले जनाएका छन् । शुक्रबार १४ जुलाईका दिन आन्ध्र प्रदेशको सतीस धवन अन्तरिक्ष केन्द्रबाट स्थानीय समयअनुसार २ बजेर ३५ मिनेटमा इसरोले चन्द्रयान–३ को सफल प्रक्षेपण गरेको हो । रकेटले १६ मिनेटमा १७९ किलोमिटरमाथि लगेर अन्तरिक्षमा धकेलेको थियो ।
चन्द्रमाको कक्षमा प्रवेश गर्नुअघि यो यानले चारपटक पृथ्वीको चक्कर लगाउने छ । चन्द्रमाको बाहिरी कक्षमा यो यान पाँच अगस्टको आसपासमा पुग्ने जनाइएको छ । चन्द्रमाको कक्षमा पुगेपछि विक्रम ल्यान्डर र रोभर प्रोपल्सन मड्युल छुट्टिनेछन् । ल्याडिङको स्थान विक्रम ल्यान्डरले आफैँ चयन गर्ने जनाइएको छ । यान प्रक्षेपण हुनुअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विट गर्दै भनेका छन्, “२०२३ को जुलाई १४ को दिन भारतको अन्तरिक्ष क्षेत्र सम्बन्धमा सधैं सुनौलो अक्षरमा कोरिनेछ । हाम्रो तेस्रो चन्द्र मिसन चन्द्रयान–३ लामो यात्रामा जानेछ र यो महत्वपूर्ण मिसनले हाम्रो राष्ट्रको आशा र सपना बोक्नेछ ।”
करिब चार वर्ष अघि नै भारतले चन्द्रमाको सतहमा रोभर अवतरण गराउने प्रयास गरेको थियो, जुन असफल भएको थियो ।
अवतरण सफल भयो भने संयुक्त राज्य अमेरिका, सोभियत संघ र चीनपछि यो उपलब्धि हासिल गर्ने भारत चौंथो राष्ट्र बन्ने छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here