रौतहट ।। शिक्षामा लगानी आजको आवश्यक्तालाई पुरा गर्ने भन्दै एक जना शिक्षा प्रेमीले आफ्नो पिताको यादमा निजि जग्गामा भवन निमार्ण सहितको स्कुललाई दान गर्ने भएको छ ।
रौतहटको राजदेवि न.पा. वार्ड नं. ६ राजदेवी कटरवन निवासी स्वर्गीय डा. बीरेन्द्र कुमार मल्लिकको स्मर्णमा उनका छोरा डा सुबोध मल्लिक राजदेवि मन्दिर नजिक रहेको प्रा.वि. विद्यालयलाई स्तरउनति गर्दै मा.वि. बनाउन उनले जग्गा र भवन सहित दान गर्ने भएको हो ।
डा सुबोध मल्लिकको प्रतिवद्धतामा राजदेवी प्रा.वि.मा आईतवार पूर्व प्रधानमन्त्री मा.माधव कुमार नेपालले उक्त विद्यालयको सिलान्यास गर्नु भएको छ ।
डा सुबोध मल्लिकले प्रा वि विद्यालयलाई मा वि मा परिणत गर्न आवश्यक पर्ने जमिन खरिद गरि त्यसमा आफै निजि खर्चमा आवश्यक पर्ने भवन सहित बनाउने उद्घोष गर्नु भएको हो ।
कार्यक्रममा राजदेवी न पा का मेयर भिखारी यादव , गौर नगरपालिकाका मेयर शम्भु साह, युवावर्ग, पत्रकार , समाजसेवीहरुको उपस्थिति रहेको थियो ।

No description available.
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here