सांकेतिक तस्विर

राैतहट ।। नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पुर्ब प्रधानमन्त्री माधव कुमार नेपालले जनताको सेवामा समर्पित हुन आफ्ना गृह नगरका जनप्रतिनिधिलाई आग्रह गरेका छन ।
गाैर नगरपालिकाको १२औं नगर अधिवेशनलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै जनप्रतिनिधिलाई राम्रो रचनात्मक काम गर्न सुझाव दिएका छन । राैतहट क्षेत्र नम्बर १ का सांसद समेत रहेका नेता नेपालले राम्रो काम गर्ने नगरपालिका गाउँ पालिकालाई थप विकास रकम उ्पल्बध गराउन नेपाल सरकार संग माग समेत गरे का छन । नेता नेपालले नगरपालिकाका गरिब घर परिवारलाई पहिचान र परिचयपत्र प्रदान गरि राेजगारीको अवसर प्रदान गर्न गाैर नगर प्रमुखसंग आग्रह गरेका छन ।

राैतहट जिल्लामै ठुलो समस्याको रुपमा देखिएको मिटर व्याजी पिडितको पक्षमा स्थानीय प्रशासनलाई छिटो छरितो ढंगले काम गर्न आहवान गर्दै मिटर व्याज खाई थोरै दिनमा धेरै कामाउनेहरुलाई गाेरख धन्धा बन्द गर्न भन्दै मरेपछी के लिएर जानू हुन्छ सचेत गराउदै गरिब लाई दुख दिएर पैसा कमाउने अर्काकाे सम्पति लिलाम गर्ने ,बेच दिने, हडपने जस्ता कार्य राेक्न पुर्व प्रधानमन्त्री समेत रहनु भएका नेता नेपालले सम्न्धित व्यक्तिको ध्यानाकर्षण गराएका छन । आफ्नो गृह नगरमा विकासका गतिविधि तिब्रता पाएको हेरेर सुनेर निकै खुशि भएको बताउदै वितिय सुशासन कार्यमा गाैर नगरपालिका मधेस प्रदेशमा पहिलो भएकोमा जनप्रतिनिधि तथा कर्मचारीलाई बधाई दिदै अझै राम्रो गर्न आग्रह गरेका हुन ।

गाैर नगरप्रमुख शम्भुसाह ले नगर अधिवेशनमा आर्थिक वर्ष ०८०/०८१को नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन । सो बजेट तथा नगर अधिवेशन सफलताको लागि कार्यक्रमका विशिष्ट अतिथि प्रदेश सभा सदस्य नागेन्द्र साह र सविधान सभा सदस्य सरला यादवले शुभकामना दिए । सो अवसरमा नगरपालिकाका नगर उपप्रमुख शैलदेवीको तर्फबाट नगर प्रवक्ता अर्जुन सिहले आर्थिक वर्ष २०८०/०८१को लागि ६८ करोड ३६ लाखको बजेट प्रस्तुत गर्नु भएको थियो । अधिवेशनमा फरक दलकाे तर्फबाट वडा नम्बर ७ का वडा अध्यक्ष शिव शंकर पाण्डेले शुभकामना व्यक्त गरेका थिए ।
गाैर नगरपालिका का निमित प्रमुख सुभाष कुमार ठाकुर लेखापरीक्षण अधिकारी सराेज लाल दास र नायव सुब्बा जितेन्द्र भारती सहित विभिन्न पदमा कार्यरत ९ जना क्रमचारीलाई प्रमुख अतिथि नेपालले प्रसंसा पत्र प्रदान गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here