काठमाडौँ ।। समाजवादी प्रेस संगठन नेपालको प्रथम राष्ट्रिय महाधिवेशन २०८० जेठ २६ र २७ गते काठमाडौँमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले निर्वाचन प्रक्रियाद्वारा विश्वमणि सुवेदीको अध्यक्षतामा केन्द्रीय नेतृत्व चयन गरेको छ ।
कमिटीका उपाध्यक्षमा नवराज छत्कुली, अस्मिता गिरी, बुद्धवीर बाहिङ राई चयन भएका छन्। भौगोलिक उपाध्यक्षमा तीर्थराज सिग्देल –कोशी), सुभाषप्रसाद साह –मधेश), ध्रुव रायमाझी –बागमती), कृष्णराज गौतम –उपत्यका), तेजप्रसाद वाग्ले (एसोसियट तथा प्रतिष्ठान), श्रीराम सिग्देल –गण्डकी), शंकरप्रसाद पाण्डेय –लुम्बिनी), अनन्त बराल –कर्णाली) र नरेन्द्र भट्ट –सुदूरपश्चिम) निर्वाचित भएका छन् ।
यस्तै, संगठनको महासचिवमा रामकुमार एलन निर्वाचित भएका छन्। उपमहासचिवमा प्रेम गौतम, लेखनाथ खतिवडा –शिकारु) र प्रतीज्ञा बूढामगर चयन भएका छन्। महाधिवेशनले सचिवमा अनिल शाही, शिवप्रसाद ढुंगाना, पूर्णबहादुर कार्की (बद्री), कान्ति न्यौपाने, प्रदीप नेपाली, वृजलाल पासवान र नेपोलियन चेपाङ निर्वाचित भएका छन्। कोषाध्यक्षमा कृपा भण्डारी निर्वाचित भएकी छन् । श्राेत-देश सञ्चार
समाजवादी प्रेस संगठन नेपालको अध्यक्षमा विश्वमणि सुवेदी चयन
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।