बुटवल ।। बुटवलमा कुटपिट गरी एक पुरुषको हत्या भएको छ। बुटवल उपमहानगरपालिका–११ देवीनगरमा कुटपिटबाट अन्दाजी ३५ वर्षीय एक पुरुषको मृत्यु भएको छ । ठेला व्यवसाय गरेर बस्ने पुरुषलाई आइतवार दिउँसो लुटपाट गर्ने क्रममा युवाहरूको समूहले कुटपिट गरी हत्या गरेको वडा प्रहरी कार्यालय बुटवल रामनगरका प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिए ।
हत्यामा संलग्न भएको आरोपमा ११ वर्षीय नाबालकसहित ३१ वर्षीय गणेश थापालाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक पौडेलले बताए । बुटवल देवीनगरस्थित पुरानो ट्रायल सेन्टरको पछाडि तिनाउ नदीको बगरमा पर्स लुटपाट गर्ने उद्देश्यले ढुंगाले टाउको लगायतका अङ्गहरूमा प्रहार गरी हत्या गरेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । मृत्यु भएका पुरुषको बारेमा थप जानकारी खुल्न बाँकी रहेको छ ।
‘चौधरी थरको भन्ने आएको छ, अन्य थप जानकारी संकलन गर्ने काम जारी रहेको छ,’ प्रहरी निरीक्षक पौडेलले भने । हत्यामा संलग्नहरूले बजार क्षेत्रमा लागुऔषध सेवन गर्ने तथा लुटपातका गतिविधि समेत गर्दै आएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here