मुम्बइ ।। बलिउड अभिनेत्री जिया खानको आत्महत्या प्रकरणमा अभिनेता तथा जियाका पूर्वप्रेमी सुरज पन्चोलीले सफाइ पाएका छन् । जियाले जुन ३ २०१३ मा मुम्बई स्थित आफ्नो फ्ल्याटमा आत्महत्या गरेकी थिइन् ।
सो घटनामा जियाकी आमाले सुरुज विरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दायर गरेकी थिइन् । घटनाको १० वर्ष पछि सुरजले सफाइ पाएका हुन् । जियाको सुसाइड नोटमा प्रेमी सुरजसँगको बिग्रदो सम्बन्धको कारण आफू तनावमा रहेको जनाइएको थियो ।
सोही सुसाइड नोटको आधारमा उनी विरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दायर गरिए तापनि प्रमाणको अभाव रहेको भन्दै अदालतले सुरजलाई सफाइ दिएको भारतिय सञ्चार माध्यमहरुले जनाएका छन् । जिया खानले आफ्नो डेब्यु फिल्ममा अमिताभ बच्चनसँग काम गरेकी थिइन् । रामगोपाल बर्माको निर्देशनमा बनेको यो फिल्मको नाम ‘निःशब्द’ थियो । त्यसपछि उनले आमिर खानको ब्लकबस्टर फिल्म ‘गजनी’मा काम गरिन् । उनको अन्तिम फिल्म अक्षय कुमार स्टारर ‘हाउसफुल’ थियो ।
जिया खानको आत्महत्या प्रकरणमा सुरज पन्चोलीले पाए सफाइ
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।