काठमाडाैं ।। वैशाख १० गते सम्पन्न उपचुनाव जितेका दुई सांसदले आज पद तथा गोपनियताको शपथ लिएका छन् ।चितवन २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका तनहुँ क्षेत्र नम्बर १ का सांसद स्वर्णिम वाग्लेलाई सभामुख देवराज घिमिरेले शपथ खुवाएका हुन् । शपथसँगै सांसदद्वय लामिछाने र वाग्लेलाई सांसदको लोगो पनि प्रदान गरिएको छ । अर्का बारा २ बाट निर्वाचित सांसद उपेन्द्र यादव भने शपथ ग्रहणमा अनुपस्थित रहे । यादव अहिले पनि काठमाडौं बाहिरै रहेकाले शपथमा अनुपस्थित भएका हुन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here