रूपन्देही ।। लुम्बिनीमा नवनियुक्त मुख्यमन्त्री र तीन मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री र मन्त्रिपरिषद्का सदस्यलाई शपथ ग्रहण गराएका हुन् । पहिलो चरणमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले माओवादीका धनबहादुर मास्की, लोसपाका सन्तोषकुमार पाण्डे र नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरीलाई मन्त्रीमा नियुक्त गरेका छन् । मन्त्रीहरूको जिम्मेवारी पछि तोकिने छ । मुख्यमन्त्रीमा चौधरी बिहीबार नियुक्त भएका थिए ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।