जनकपुर ।। जनकपुरका दुई युवकको अपहरणपश्चात् भारतमा हत्या गरिएको छ । जनकपुरधाम उपमहानगरपालिका ८ का करिब २१ वर्षीय रोहित साह र वडा नं. १३ का अन्दाजी २२ वर्षीय विष्णु साहको शव फेला परेको हो ।करिब दुई साताअघि न्वारणको भोज खान गएका युवकको आइतबार भारतको सितामढी जिल्लाको परिहारमा शव फेला परेको प्रहरीले जनाएका छन् ।
बिष्णुलाई लिएर रोहित भारतको सितामढी जिल्लाको बेला परिहार बस्ने आफ्न्तको घर गएपछि बष्णुका परिवारलाई फिरौतीको मांग सहित भारतिय नम्वरवाट फोन आइरहेको थियो ।
सुरुमा अपहरणकारीले ५० लाख मागेपनि पछि २० लाख रुपैयाँ लिएर छाड्ने सहमती भएको थियो ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।